विराटनगर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू एमालेकी पुरानी कार्यकर्ता भएकाले पार्टी नेतासँग भेटघाट गर्न वा कार्यक्रममा सहभागी हुन विशेष अनुमति लिनु नपर्ने स्पष्ट पारेकी छन्।

मंगलवार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले एमालेसँग आफ्नो पुरानो सम्बन्ध रहेको उल्लेख गर्दै, “मैले संगठित सदस्यता नलिए पनि सुरु देखिनै एमालेमै काम गरेकी हुँ। पार्टीका नेतासँग सम्पर्क हुनु स्वाभाविक हो,” भनिन्।

advertisement

उनले पार्टीसँगको चिनजान र सम्बन्ध गहिरो भएकोले नेताहरूले कार्यक्रमहरूमा निमन्त्रणा गर्नु सामान्य कुरा भएको बताइन्। “मैले कुनै गुटको राजनीति गरेकी छैन। जहाँबाट सेवा गर्न सकिन्छ, त्यहीँ सक्रिय रहने मेरो मनसाय हो,” पूर्वराष्ट्रपति भण्डारीले भनिन्।

पछिल्ला दिनमा झापामा रहँदाका क्रममा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले भण्डारीको नाम नलिई अप्रत्यक्ष टिप्पणी गरेका थिए। सो विषयमा पत्रकारको जिज्ञासामा उनले टिप्पणी नगरी आफ्नो भूमिका र एमालेसँगको पुरानो सम्बन्ध स्पष्ट पार्नमा मात्रै सीमित भइन्।

पूर्वराष्ट्रपति भण्डारी कोशी प्रदेशको झापा, मोरङ र सुनसरीमा आयोजित विभिन्न कार्यक्रममा सहभागी भई आज काठमाडौं फर्किएकी हुन्।

प्रकाशित मिति: २७ जेष्ठ २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com