काठमाडौं । नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियु) को २४औँ महाधिवेशनको बन्दसत्रमा मंगलबार नाराबाजी भएको छ ।
कीर्तिपुरस्थित महाधिवेशन स्थलमा अध्यक्षमण्डलले अध्यक्ष पदका लागि सुजन कडरियाको नाम प्रस्ताव गरेलगत्तै ‘वी वान्ट इलेक्सन’ भन्दै प्रतिनिधिहरूले विरोध जनाएका हुन्।
अध्यक्ष पदमा कडरियासँगै दीपक धामी, प्रकाश पौडेल, आरती भट्टराई र अञ्जना सिवाकोटीले दावी गर्दै आएका छन् । सहमतिको प्रयास असफल भएपछि अध्यक्षमण्डलले कडरियालाई अध्यक्ष, प्रकाश पौडेल र अञ्जना सिवाकोटीलाई उपाध्यक्ष, तथा दीपक धामीलाई महासचिवमा प्रस्ताव गरेको थियो।
तर प्रस्ताव सार्वजनिक भएपछि प्रतिनिधिहरूले प्रक्रिया पारदर्शी नभएको भन्दै मतदानको माग गरेका छन्। नाराबाजी जारी रहेकाले बन्दसत्र केही समयका लागि अवरुद्ध भएको छ।
प्रकाशित मिति: २७ जेष्ठ २०८२, मंगलबार













प्रतिक्रिया