एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले अमेरिकाले युक्रेनलाई दिने भनेको २० हजार मिसाइल मध्यपूर्व पठाएको आरोप लगाएका छन् । उनले मिसाइल युक्रेन पठाउने सम्बन्धमा तत्कालीन जो बाइडेन प्रशासनसँग सम्झौता भएको तर डोनाल्ड ट्रम्प प्रशासनले मध्यपूर्वतर्फ डाइभर्ट गरेको बताएका छन् ।

यसअघि, युक्रेनको राजधानी किभमा एबीसी न्युजका संवाददातासँग कुरा गर्दै उनले भनेका थिए, “अमेरिकाको सहयोगबिना हामीले धेरै हार्नेमात्र हो ।”

advertisement

रुसले युक्रेनविरुद्ध ड्रोन आक्रमण थालेका बेला अमेरिका ठूलो संख्याका मिसाइल डाइभर्ट गरिदिएको हो ।
रुसले आइतबार रातिमात्र युक्रेनमा ४७९ ड्रोन र २० वटा मिसाइलले आक्रमण गरेको थियो । गत हप्तामात्र युक्रेन आक्रमण गरेपछि रुसले आक्रमणलाई तीव्र पारेको छ ।

प्रकाशित मिति: २७ जेष्ठ २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com