काठमाडौँ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत सर्वोच्च अदालतमा न्यायाधीश नियुक्तिको तयारीमा जुटिरहेका छन्। मंगलबार उनले न्याय परिषद्‌की सदस्य तथा न्यायाधीश सपना प्रधान मल्लसँग इजलास नबसी अनौपचारिक छलफल गरेका छन्।

न्याय परिषद् स्रोतका अनुसार उक्त छलफलपछि सोमबारका लागि औपचारिक बैठकको तयारी गरिएको छ।

advertisement

सर्वोच्च अदालतमा हाल प्रधानन्यायाधीशसहित २१ न्यायाधीशको दरबन्दी छ, तर चार पद रिक्त छन्। २०७८ कात्तिक ६ गते राष्ट्रपति रामचन्द्र पौडेलद्वारा नृपध्वज निरौला र नित्यानन्द पाण्डेलाई न्यायाधीश नियुक्त गरिएको थियो। त्यसपछि पटक–पटक न्याय परिषद् बैठक बसे पनि नयाँ सिफारिस हुन सकेको छैन।

न्याय परिषद्का पाँच सदस्यमध्ये एक, रामप्रसाद भण्डारीको कार्यकाल आगामी असार ९ गते समाप्त हुँदैछ। त्यसअघि नै सर्वोच्च अदालतसहित उच्च र जिल्ला अदालतहरूमा न्यायाधीश नियुक्तिको तयारी भइरहेको छ। हाल देशभरिका अदालतमा ३३ न्यायाधीशका पदहरू रिक्त छन्।

प्रधानन्यायाधीश राउत तत्कालै सर्वोच्च अदालतमा एक इजलास थप्ने गरी दुई जना न्यायाधीश नियुक्त गर्ने तयारीमा छन्। तर परिषद् भित्र सहमति अभावका कारण सिफारिस प्रक्रिया अघि बढ्न सकेको छैन।

स्रोतका अनुसार दुई जना वरिष्ठ न्यायाधीशलाई बढुवा गरेर र दुई जना कानुन व्यवसायीलाई नियुक्त गरेर रिक्त पदहरू पूर्ति गर्ने योजना बनाइएको छ।

प्रकाशित मिति: २७ जेष्ठ २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com