एजेन्सी  — युक्रेनको राजधानी किभमा रुसले भीषण हवाई आक्रमण गरेको छ, जसमा कम्तीमा दुई जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन्। आक्रमण किभको दक्षिणी सहर ओडेसास्थित एक प्रसूतिगृहमा भएको हो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार, रुस–युक्रेन युद्ध सुरु भएको तीन वर्षयताकै यो सबैभन्दा ठूलो हवाई आक्रमण मानिएको छ। उक्त आक्रमणबाट किभका १० मध्ये सात वटा जिल्ला प्रत्यक्ष प्रभावित भएका छन्।

advertisement

युक्रेनी पक्षले हालै मात्र आर्कटिक र साइबेरिया क्षेत्रमा रहेका चार रुसी एयरफिल्डमा आक्रमण गर्दै ४१ वटा रुसी सैन्य विमान ध्वस्त पारेको दाबी गरेको थियो। रोयटर्सका अनुसार, त्यसको प्रत्युत्तरस्वरूप रुसले यो आक्रमण गरेको हो।

युक्रेनी हवाई सेनाका अनुसार, रुसले कुल ३१५ वटा ड्रोनमार्फत आक्रमण गरेकोमा २७७ वटा ड्रोन खसाल्न सफल भएको बताइएको छ। रुसी आक्रमण करिब पाँच घण्टासम्म लगातार चलेको थियो।

युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले यो आक्रमणलाई किभमाथिको पछिल्लो ठूलो आक्रमणको रूपमा वर्णन गर्दै गम्भीर प्रतिक्रिया जनाएका छन्। उनले भने, “रुसी मिसाइल र ड्रोन आक्रमणले अमेरिका र अन्य राष्ट्रहरूद्वारा गरिँदै आएको शान्ति स्थापनाको प्रयासमा बाधा पुर्‍याउन खोजिएको छ।”

मंगलबार बिहान किभबासीका लागि दिनको सुरुवात नै विस्फोटको आवाजबाट भएको थियो। प्रत्यक्षदर्शीहरूलाई उद्धृत गर्दै रोयटर्सले आकाशमा ठूलो उज्यालो देखिएको र त्यसपछि सहरभरि बाक्लो धुवाँ फैलिएको उल्लेख गरेको छ।

प्रकाशित मिति: २७ जेष्ठ २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com