काठमाडौं । टोखामा प्रहरीको गोली प्रहारबाट दुई भारतिय नागरिक घाइते भएका छन्। प्रहरीले ४ जनालाई पक्राउ गरेको छ।
काठमाडौंको टोखामा गोली चलेको छ । टोखाको ग्राण्डी अस्पताल नजिकै गोली हानेर प्रहरीले दुई जना लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको हो।
प्रहरी इन्स्पेक्टर राकेश यादवको टोलीले गोली चलाएर दुई जनालाई नियन्त्रणमा लिएको हो । उनीहरूको साथबाट १ सय ५० ग्रामभन्दा बढी ब्राउन सुगर पनि बरामद गरेको छ ।
नेपाल प्रहरीका एसएसपी कृष्ण कोइरालाका अनुसार घाइते हुने प्रहरीमा रवीन्द्र केसी र नवराज घिसिङ रहेका छन् ।
प्रकाशित मिति: २७ जेष्ठ २०८२, मंगलबार












प्रतिक्रिया