काठमाडाैं ।  स्कटल्यान्ड्स भइरहेको आइसिसी विश्वकप लिग-२ क्रममा नेपाली राष्ट्रिय टोलीका दुई खेलाडी चोटग्रस्त भएका छन्।

तीव्र गतिका बलर सोमपाल कामी र अलराउन्डर गुल्सन झा प्रशिक्षण दौरान घाइते भएको नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्बी लामाले जानकारी दिए।

advertisement

सोमपालको दायाँ हात तथा गुल्सनको घुँडामा चोट लागेको हो।

चिकित्सकको परामर्श पश्चात् दुवै खेलाडीले लिग-२ र यसपछि टी-२० सिरिजका सम्पूर्ण खेलमा गुमाउने भएका छन्।

आज नेपालले लिग-२ को चौथो तथा अन्तिम खेलमा नेपाली टोलीले अहिले नेदरल्यान्ड्सविरूद्ध खेल्दैछ।

स्कटल्याण्डको डुन्डीस्थित फोर्टहिल क्रिकेट मैदानमा नेदरल्यान्ड्सले टस जितेर फिल्डिङ रोजेको छ। पहिले ब्याटिङ गर्ने नेपाली टोलीमा तीन परिवर्तन गरिएको छ।

आजको खेलमा अनिल साह, बसिर अहमद र नन्दन यादवले खेल्दैछन्। यससँगै नन्दनले एकदिवसीय राष्ट्रिय टोलीमा डेब्यू गर्दैछन। दुई महिनाअघि टी-२० मा डेब्यू गरेका नन्दनले सिरिजको चौथो खेलमा डेब्यूको अवसर पाएका हुन्।

उनलाई पूर्वकप्तान तथा हालका सहायक प्रशिक्षक ज्ञानेन्द्र मल्लले डेब्यू क्याप दिएका छन्।

विकेटकिपर एवं ओपनिङ ब्याटर आसिफ शेख, गुल्शन झा र सोमपाल कामी आजको टोलीमा छैनन्। गुल्सन र सोमपाल चोटले टोलीबाट बाहिरिएका हुन्।

आजको खेलमा नेपाली टोलीमा कप्तान रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, अनिल साह, भीम सार्की, बसिर अहमद, आरिफ शेख, नन्दन यादव, करण केसी, सन्दिप लामिछाने र ललित राजवंशी छन्।

पछिल्लो खेलमा नेपाल स्कटल्याण्डसँग दुई रनले पराजित भएको थियो। त्यसअघि नेपालले स्कटल्यान्डलाई एक र नेदरल्यान्ड्सलाई पाँच विकेटले पराजित गरेको थियो।

यो सिरिजपछि नेपालले यी दुवै टोलीसँग टी-२० सिरिज खेल्दैछ।

प्रकाशित मिति: २७ जेष्ठ २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com