काठमाडौँ । प्रधानमन्त्री  केपी शर्मा ओलीले विद्यार्थीहरूलाई आफ्नै रुचिअनुसारको विषय अध्ययन गर्न दिनुपर्नेमा जोड दिएका छन्।

जनकपुरमा आयोजित राजर्षि जनक विश्वविद्यालयको दीक्षान्त समारोहलाई मंगलबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विद्यार्थीले यदि आफ्नो रुचि अनुसारको विषय पढ्न पाएनन् भने उनीहरूको प्रतिभा खुम्चिने र उनीहरू निरुत्साहित बन्ने बताउँदै, “पढ्न नपाए, सिक्न नपाए मूर्खझैं बस्नुपर्छ। तर यदि उसले रोजेको विषय पढ्न पायो भने आफ्नो प्रतिभाअनुसार काम गर्न सक्छ,” भने।

advertisement

प्रधानमन्त्री ओलीले विद्यार्थीहरूले रुचिका विषय अध्ययन गरेर आफ्नो प्रतिभा उजागर गर्न सक्ने उल्लेख गर्दै, विश्वविद्यालयमा अध्ययन गरेका विद्यार्थीहरू जीवनका हरेक क्षेत्रमा सक्षम र प्रभावशाली बन्नुपर्नेमा जोड दिए।

जनकपुरलाई ज्ञानको भूमि भनेर व्याख्या गर्दै उनले राजर्षि जनक विश्वविद्यालयका विद्यार्थीहरू जुनसुकै क्षेत्रमा भए पनि आफ्नो क्षमता प्रमाणित गर्न सक्षम हुने विश्वास व्यक्त गरे।

सरकार विश्वविद्यालयको समुन्नत विकासका लागि निरन्तर क्रियाशील रहेको उल्लेख गर्दै, उनले शिक्षा क्षेत्रको सुधारमा सरकारले आवश्यक पहल गरिरहेको जानकारी समेत दिए।

प्रकाशित मिति: २७ जेष्ठ २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com