काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले पोखरामा आयोजित ‘प्रचण्ड कप राष्ट्रिय भलिबल प्रतियोगिता – २०८२’ को उद्घाटन गरेका छन्।

यस प्रतियोगितामा देशभरका विभिन्न भलिबल टोलीहरू सहभागिता जनाइरहेका छन्। उद्घाटन समारोहमा अध्यक्ष दाहालले खेलकुदले राष्ट्रिय एकता, अनुशासन र युवाहरूको समग्र विकासमा सकारात्मक प्रभाव पार्ने विचार व्यक्त गरेका छन्।

advertisement

साथै, उनले यस्ता खेलकुद प्रतियोगिताहरूले नयाँ प्रतिभाहरूको पहिचान गर्ने, महिला सशक्तीकरणमा योगदान पुर्‍याउने र खेलकुद क्षेत्रमा उत्कृष्टता ल्याउनेमा विश्वास व्यक्त गरे।

प्रकाशित मिति: २७ जेष्ठ २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com