काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संविधान संशोधनको प्रक्रिया चाँडै थाल्ने बताएका छन्। मङ्गलबार (आज) पार्टीद्वारा आयोजित एक कार्यक्रममा उनले यस्तो घोषणा गरे।

उनले भने, “अहिलेको सरकारको मुख्य प्राथमिकता संविधान संशोधन हो। केही दिनमै यसलाई अघि बढाउने योजना बनाएका छौं। त्यसैगरी, सुशासन र अर्थतन्त्रमा सुधार ल्याउने कार्य पनि हाम्रो एजेन्डामा रहेको छ।”

advertisement

थापाले थपे, “कांग्रेस र एमाले मिलेर जोखिमको सामना गर्ने कुरा हामीले पहिले नै भनेका थियौं। अब हामीसँग त्यहाँ बस्ने समय छैन, जोखिमलाई समातेर अघि बढ्नुहोस्।”

प्रकाशित मिति: २७ जेष्ठ २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com