काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले संविधान संशोधनलाई प्राथमिकता राखेको भन्दै केही दिनमै काम अघि बढ्ने बताएका छन् ।
पार्टीको आपूर्ति तथा उपभोक्ता विभागको बजेटसम्बन्धी छलफल कार्यक्रममा बोल्दै कांग्रेस र एमालेले संविधान संशोधन, सुशासन र नेपालको अर्थतन्त्र सुधारको लागि जोखिम उठाउने सम्झौता गरेर सरकार बनाएको बताए ।
उनले भने, ‘हामीले जोखिम उठाएर अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्छौं भन्ने वाचा थियो । त्यही अनुसार गाली खाएर अध्यादेशमार्फत लगानीको वातावरण बनाएका हौँ । त्यो सामान्य जोखिम हो, त्यो भन्दा ठूलो जोखिम उठाउनुपर्नेछ ।’
उनले कानूनमा सुधार गर्नुपर्ने विषयमा काम थालेको भन्दै केही दिन अघि प्रधानमन्त्री ओली र पार्टी सभापति देउवासँग पनि बसेर कुरा गरेको सुनाए । काम नलाग्ने दर्जनौँ नियम र कानून खारेज गर्ने बताए ।
प्रकाशित मिति: २७ जेष्ठ २०८२, मंगलबार












प्रतिक्रिया