काठमाडौं । अवैध रुपमा ल्याई लुकाई राखिएको अवस्थामा पर्साको वीरगञ्जबाट १३ लाख रुपैयाँ बढीको सामान सशस्त्र प्रहरीले बरामद गरेको छ । सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म र भन्सार कार्यालयको संयुक्त टोलीले वीरगञ्ज महानगरपालिका–१० बजरंगटोलस्थित एक घरबाट सो मूल्य बराबरको सामान बरामद गरेको हो ।

धिरज रौनियारले भारतबाट अवैध रुपमा ल्याई भण्डारण गरी राखिएको अवस्थामा ७ लाख ७० हजार ५ सय रुपैयाँ बराबरको कपडा बरामद गरिएको सशस्त्र प्रहरी कार्यालयका सूचना अधिकारी देवेन्द्र बहादुर सिंहले जानकारी दिए ।

advertisement

सोही घरबाट भारतीय नम्बरको मोटरसाईकल पनि बरामद गरिएको छ । कपडासहित मोटरसाइकल नियन्त्रणमा लिई वीरगञ्ज भन्सार कार्यालयमा बुझाईएको सशस्त्रका प्रहरी नायब उपरीक्षक सिंहले बताउ ।

सोही गुल्मले वीरगञ्ज भन्सार कार्यालय तथा वडा नम्बर–१६ स्थित विभिन्न सीमा नाकाबाट २ लाख ४८ हजार मूल्य बराबरको कपडा र मसला समेत नियन्त्रणमा लिएको छ ।

यस्तै, अलौंस्थित सशस्त्र प्रहरीको सुरक्षा गुल्मको टोलीले बिन्दवासिनी गाउँपालिका–५ प्रसौनीबाट २३ हजार रुपैयाँ बराबरको किराना सामान र भारतीय नम्बरको मोटरसाइकल बरामद गरेको छ । मोटरसाइकलसहित ती सामान भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति: २८ जेष्ठ २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com