काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कार्यकर्तासँग भेटघाट गर्न एमालेसँग अनुमति लिइरहनुपर्ने कुनै आवश्यकता नरहेको बताएकी छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै भण्डारीले कार्यकर्तासँग भेट्न एमालेको इजाजत लिइरहनु नपर्ने बर्ताएकी हुन् ।

अर्को प्रसंगमा एमालेभित्र आफूले गुटगत राजनीति थालेको आरोपबारे प्रतिक्रिया दिँदै भण्डारीले आफु कहिल्यै गुट बनाउने मान्छे नभएको दाबी गरिन् । प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले केही दिनअघि पार्टीमा गुटबन्दी नगर्न चेतावनी दिएका थिए । ओलीले केही दिनअघि दिएको अभिव्यक्ति आफूप्रति लक्षित नभएको भण्डारीको भनाइ थियो ।

advertisement

राजनीतिक गतिविधिमा भण्डारी सक्रिय भएसँगै एमालेको आन्तरिक जीवनलाई प्रभावित पारेको छ । भण्डारीलाई पार्टी राजनीतिमा ल्याउन कतिपय नेताहरुले पहल गरिरहेको बताइन्छ ।

 

प्रकाशित मिति: २८ जेष्ठ २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com