काठमाडौं । झापामा किसानको भैँसी चोरी गर्दै गरेको अवस्थामा एक व्यक्तिलाई पक्राउ गरिएको छ । झापा गाउँपालिका–६ का खगेन्द्र कार्कीको पगाह लगाएको भैँसी चोरेर बिक्री गर्न लागेको अवस्थामा स्थानीय व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार कार्कीको भैँसी चोरी गरेर बिक्री गर्न लागेको अवस्थामा १९ वर्षीय बिनोद बनियाँलाई पक्राउ गरिएको छ । बनियाँले भैँसी चोरेर झापा गाउँपालिका र बाह्रदशी गाँउपालिकाको सिमानामा रहेको बिरिङ खोला पुर्‍याएको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो ।

advertisement

बनियाँले भैँसी खरिद गर्ने व्यापारीहरुलाई बोलाई सस्तोमा भैँसी बिक्री गर्न खोज्दा स्थानीयले भैँसी चोरेर ल्याएको हुनसक्ने आंशका गरेर प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र खड्काका अनुसार बनियाँलाई पक्राउ गरेर चोरी मुद्दा लगाइएको छ ।

प्रकाशित मिति: २८ जेष्ठ २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com