एजेन्सी । लस एन्जलसमा कर्फ्यू लगाइएको छ । आप्रवासीविरुद्ध छापामारीविरुद्ध जारी प्रदर्शन हिंस्रक बन्दै गएपछि लस एन्जलसकी मेयर करेन बासले आंशिक कर्फ्यूको घोषणा गरेकी हुन् ।

उनले भनिन्, ‘राति ८ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यू रहनेछ । पूरै सहरमा धेरै क्षति पुगेको छ । सोही कारण पनि कर्फ्यू जरुरी छ ।’

advertisement

लस एन्जलस प्रहरी प्रमुख जिम म्याकडोनेलले सहरमा लगातार बढ्दो अशान्तिका कारण मानिसहरुको ज्यान जोगाउन र सम्पत्तिको सुरक्षाका लागि कर्फ्यू आवश्यक रहेको बताएका छन् ।

कर्फ्यू तोड्नेलाई पक्राउ गर्ने चेतावनी दिइएको छ । शनिबार २७, आइतबार ४० र सोमबार ११४ गरी अहिलेसम्म १९७ जनालाई पक्राउ गरिएको छ ।

 

प्रकाशित मिति: २८ जेष्ठ २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com