काठमाडाैं ।  प्रतिपक्षी दलहरू आज नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बैठकमा जुटेका छन्। बैठकमा नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा (एकीकृत समाजवादी)का नेताहरू सहभागी छन्।

माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन, प्रमुख सचेतक हितराज पाण्डे, रास्वपाका प्रमुख सचेतक सन्तोष परियार, एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, र आम जनता पार्टीका अध्यक्ष प्रभु साह बैठकमा सहभागी भएका छन्।

advertisement

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र छानबिन समिति गठनको माग गर्दै प्रतिनिधि सभा लामो समयदेखि अवरुद्ध छ। यस विषयमा सत्तापक्ष र प्रतिपक्षी दलहरूबीच विभिन्न चरणमा छलफल भइरहेको छ।

प्रतिनिधि सभा सञ्चालनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले पाँच बुँदे प्रस्ताव तयार पारेको छ। सो प्रस्तावमा साझा धारणा बनाउन प्रतिपक्षी दलहरूको बैठक भइरहेको माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको सचिवालयले जनाएको छ।

रास्वपाले उक्त प्रस्ताव सत्ता गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसलाई पनि बुझाइसकेको छ। आजै प्रतिपक्षी दलहरूले सत्तापक्षसँग पनि छलफल गर्ने तयारी गरेका छन्।

प्रतिनिधि सभा बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ। त्यसअघि सहमति जुटाएर संसद सञ्चालनको मार्ग खोल्ने प्रयासमा दलहरू लागिपरेका छन्।

प्रकाशित मिति: २८ जेष्ठ २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com