काठमाडौं । सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले अख्तियारले कर्मचारीमाथि छानबिन गर्दा मन्त्रीले राजीनामा दिनुपर्छ भनेर विपक्षीले उठाएको माग अनूचित भएको बताएका छन् ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गरेपछि सञ्चारकर्मीहरूले सोधेको प्रश्नको जवाफ दिँदै यद्यपि, सदन खुलाउनेबारे छलफल भइरहेको बताए । उनले गृहमन्त्री रमेश लेखकको राजीनामा नआउने दोहोर्‍याए । उनले सत्तापक्ष र प्रतिपक्ष दलहरूबीच संसदीय छानबिन समिति बनाउने वा कसरी बनाउने भन्नेबारे छलफल भइराखेको बताए ।

advertisement

गुरुङले भने, ‘मन्त्रीले उठेका सबै विषयमा संसदमा आफ्नो धारणा राख्ने, सरकारको धारणा राख्ने अनि प्रतिपक्षीहरूले संसद् खोलेर सहयोग गर्ने र बजेट सम्बन्धी छलफल प्रक्रियालाई अगाडि बढाउने कुरा हामीले गरिराखेका छौँ । सम्भवतः आज या भोलिसम्ममा कुरा मिल्छ होला ।’

प्रकाशित मिति: २८ जेष्ठ २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com