काठमाडौं । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजेका लागि निर्धारण गरिएको भए पनि बैठक सञ्चालन हुने सम्भावना न्यून रहेको संसद् सचिवालयले जनाएको छ।

सभामुखको पहलमा भएको छलफलमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र सहभागी भए पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अनुपस्थित रहेको र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल उपत्यका बाहिर रहेका कारण बैठक अघि नबढ्ने देखिएको हो।

advertisement

‘भिजिट भिसा’ प्रकरणलाई लिएर प्रमुख प्रतिपक्षी दलहरूले लगातार रूपमा संसद् अवरुद्ध गरिरहेकाले जेठ १३ गतेदेखि प्रतिनिधिसभाको बैठक नियमित कार्यसूचीमा प्रवेश गर्न नसकी स्थगित हुँदै आएको छ। यद्यपि दलहरूबीच बारम्बार छलफल भए पनि कुनै सहमति जुट्न सकेको छैन।

आजको सम्भावित कार्यसूचीमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल अघि बढाउन प्रस्ताव पेस गर्ने तयारी छ। साथै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ संसद्मा पेस गर्ने कार्यसूची पनि रहेको छ।

तर प्रमुख विपक्षी दलसहितका प्रतिपक्षीहरूद्वारा जारी अवरोधका कारण प्रतिनिधिसभा बैठक नियमित रूपमा सञ्चालन हुन नसकेको स्थिति यथावत् छ।

प्रकाशित मिति: २८ जेष्ठ २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com