काठमाडौं । समाचार हटाउन अदालतबाट जारी गरिएको आदेश र पत्रकार दिलभूषण पाठकमाथि साइबर ब्युरोद्वारा जारी पक्राउ पुर्जीप्रति प्रेस चौतारी नेपालले गम्भीर ध्यानाकर्षण जनाएको छ।

चौतारीका महासचिव हिरामान लामाले एक विज्ञप्ति जारी गर्दै समाचार सामग्रीमा असहमति वा विवाद उत्पन्न भएको खण्डमा त्यसको निरुपण तथा मूल्यांकन गर्ने संवैधानिक र कानुनी अधिकार प्रेस काउन्सिल नेपालसँग रहेको स्पष्ट पारेका छन्।

advertisement

‘संविधानको रक्षा गर्ने जिम्मेवारी सम्मानित अदालतको हो भन्नेमा हामी पूर्णतः स्पष्ट छौं,’ विज्ञप्तिमा भनिएको छ, ‘अदालतले प्रारम्भिक आदेशको पुनरावलोकन गरी संविधान र विधिको मर्मअनुसार त्यसमा सुधार गर्ने विश्वास हाम्रो छ।’

साथै, चौतारीले पत्रकार पाठकमाथि जारी गरिएको पक्राउ पुर्जी तत्काल फिर्ता लिई प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताप्रति राज्यले आफ्नो प्रतिबद्धता स्पष्ट रूपमा देखाउनु पर्ने माग गरेको छ।

 

प्रकाशित मिति: २८ जेष्ठ २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com