वासिङ्टन । टेस्लाका प्रमुख एलन मस्कले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग माफी मागेका छन्। उनले बुधबार सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै आफ्नो गल्ती स्वीकार गरेका हुन्।

‘गत हप्ता राष्ट्रपति ट्रम्पबारे मैले गरेका केही पोस्टहरूका लागि मलाई पछुतो । केहीले हद पार गरेको थियो,’ मस्कले लेखेका छन् । मस्कले आफ्ना पछिल्ला केही पोस्टहरूमा ट्रम्पको भनाइ र नीतिहरूको समर्थन पनि गरेका छन्। उनले लस एन्जलसमा अवैध आप्रवासीहरूमाथि छापा मारेकोमा पनि खुसी व्यक्त गरेका छन्।

advertisement

यसअघि एक अन्तर्वार्तामा, जब अमेरिकी राष्ट्रपति ट्रम्पलाई मस्कको बारेमा प्रश्न सोधिएको थियो, उनले धेरै शान्त स्वरमा जवाफ दिए। ट्रम्पले भने, ‘हाम्रो सम्बन्ध राम्रो थियो । म उनलाई शुभकामना दिन्छु।’ ट्रम्पको यो भनाइ सामाजिक सञ्जालमा भाइरल भयो। एलन मस्कले यससँग सम्बन्धित भिडियोमा ‘मुटु’ को इमोजी टिप्पणी गरेका थिए।

मस्कले ट्रम्पविरुद्धका आफ्ना केही पुराना पोस्टहरू पहिले नै मेटाइसकेका छन्। ती पोस्टहरूमा ट्रम्पको यौन अपराधी एपस्टाइनसँगको सम्बन्धलाई जोडिएको थियो। यसबाहेक, उनले ट्रम्पमाथि महाभियोग लगाउन माग पनि गरेका थिए।

यसअघि ट्रम्पले जुन ७ मा एलन मस्कसँगको आफ्नो सम्बन्ध समाप्त भएको बताएका थिए। एनबीसी न्युजसँग कुरा गर्दै ट्रम्पले यदि विपक्षी डेमोक्र्याटहरूलाई समर्थन गरे भने गम्भीर परिणाम भोग्नुपर्ने मस्कलाई चेतावनी दिएका थिए।

‘बिग ब्युटिफुल बिल’ लाई लिएर ट्रम्प र मस्क आमनेसामने भएका हुन्। ट्रम्प यस अध्यादेशको समर्थनमा छन् भने मस्क यसको विपक्षमा छन्। यो अध्यादेश मे २२ मा संसद्बाट केवल १ मतको अन्तरले पारित भएको थियो।

यसको पक्षमा २१५ र विपक्षमा २१४ मत पर्यो। अब यो सिनेटमा विचाराधीन छ, जहाँ यसलाई जुलाई ४, २०२५ सम्ममा पारित गरिसक्नुपर्छ।

-एन्रजेसी

प्रकाशित मिति: २८ जेष्ठ २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com