काठमाडौं । सञ्चारकर्मी दिलभुषण पाठकलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको छ । नक्साल भाटभटेनी स्थित अम्रपाली ब्यांकेट नजिकै उनको घरमा सादा पोसाकका प्रहरुीहरु खटिएका छन । उनीहरुलाई साइबर ब्युरोबाट परिचालन गरिएको हो ।
पाठकविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पर्जी जारी भएको छ । उनी विरुद्ध विधुतीय कारोबार ऐन २०६३ अन्तरगर्तको कसुरमा जाहेरी दर्ता भएको साइबर ब्युरोको एक जना अधिकृतले बताए ।
नेपाली काङग्रेसका पार्टी सभापति एवम पुर्वप्रधानमन्त्री शेर बहादुर देउवाका छोरा जयवीर देउवाले नक्सालस्थित हिल्टन होटल खरिद गरेको भन्दै पाठकले आफनो युटयुब च्यानलमा टफ टकमा ‘टफ एक्स्प्लेनर’ सामाग्री प्रसारण गरेको थियो । त्यसबारे उनीविरुद्ध उजुरी परेको छ ।
होटलशंकर ग्रुपका प्रबन्धक निर्देशक शाहिल अग्रवाल र व्यापारी दिपक भट्टसँग मिलेर होटल खरिद गरेको पाठकले समाचारमा आरोप लगायका थिए ।
प्रकाशित मिति: २८ जेष्ठ २०८२, बुधबार












प्रतिक्रिया