काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सोविता गौतमले भिजिट भिसा प्रकरणमा आफूहरूले उठाएका विषयलाई निष्कर्षमा नपुर्‍याइ नछाड्ने स्पष्ट पारेकी छन् ।

बुधबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै गौतमले भिजिट भिसा प्रकरण देशकै लागि निकै गम्भीर रहेकाले आफूहरूले उठाएका विषयलाई निष्कर्षमा नपुर्‍याइ नछाड्ने स्पष्ट पारेकी हुन् ।

advertisement

उनले यसमा राष्ट्रिय सहमति खोज्नका लागि नै रास्वपाले पाँचबुँदे ड्राफ्ट तयार पारेर छलफलमा लगे पनि सत्तारूढ दल नमानेको धारणा राखे । माओवादीले ल्याएको ड्राफ्ट आफूहरूको सरोकारको विषय नभएको भन्दै उनले आफूहरू पाँचबुँदे ड्राफ्टमा अडिग रहेको उल्लेख गरिन् । “हामी पाँचबुँदे ड्राफ्टमा अडिग छौँ, माओवादीले ल्याएको ड्राफ्ट हाम्रो सरोकारको विषय होइन,” उनले भनिन् ।

उनले रास्वपाले सदन अवरुद्ध गरेको नभइ जनताको मुद्दा समाधान गर्नका लागि बाटो खोजिरहेको तर्क गरिन् ।

प्रकाशित मिति: २८ जेष्ठ २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com