एजेन्सी । दक्षिण अफ्रिकाको पूर्वी प्रान्तमा परेको मुसलधारे वर्ष पछि आएको बाढीमा ४९ जनाको मृत्यु भएको छ।

पानी सँगै आएको बाढीले मंगलबार एक स्कुल बससमेत बगाएको अफ्रिकी अधिकारीले जनाएका छन्। एक अधिकारीले न्यूजरूम अफ्रिका नामक टिभी च्यानललाई बताएअनुसार बस चालकसहित जम्मा आठ जनाको शव निकालिएको छ।

advertisement

अन्य अधिकारीहरूले मंगलबार तीन जना विद्यार्थीलाई उद्धार गरिएको बताएका छन् भने बसमा कति विद्यार्थी सवार थिए भन्ने अझै स्पष्ट छैन। अन्यको खोजी कार्य जारी रहेको छ।

पूर्वी केप प्रान्तकामा आएको बाढी र केही भागहरूमा परेको भारी हिमपातका कारण पूर्वी केप प्रान्तका सयौँ मानिसहरू विस्थापित भएका छन् र अस्थायी आश्रय स्थलहरूमा बसिरहेका छन्।

 

प्रकाशित मिति: २९ जेष्ठ २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com