काठमाडौं । झापामा चट्याङ लागेर दुईजना घाइते भएका छन्। चट्याङबाट एउटा गाई मरेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार बुधबार साँझ बुद्धशान्ति गाउँपालिका ४ सट्टाभर्नामा चट्याङ पर्दा ६० वर्षीय पुन्य पौडेल घाइते भएका छन्।

advertisement

आफ्नै गाई गोठमा काम गरिरहेको बेला हावा हुरिसँगै परेको चट्याङ लागेर घाइते भएका उनको अहिले बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचार भइरहेको छ।

 

चट्याङबाट दुबै आँखा र दाहिने हातमा चोट लागेका उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। त्यसैगरि गएराति नै परेको चट्याङले लागेर झापाकै शिवसताक्षीमा पनि एक महिला घाइते भएकी छन्।

चट्याङबाट शिवसताक्षी नगरपालिका( ७ टेक्रा निवासी ४४ वर्षीया डम्बर कुमारी भुजेल घाइते भएकी हुन्।  गोठमा परेको चट्याङले लागेर उनको एउटा गाई मरहेको छ। भुजेलको हाल स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति: २९ जेष्ठ २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com