एजेन्सी । धेरै दिनको विरोध प्रदर्शनपछि अमेरिकाको लस एन्जलसमा कर्फ्यु लगाइएको पहिलो रातमा नै ४ सय जना पक्राउ परेका छन्।

यसरी गिरफ्तार भएका मध्य ३३० जना कागजात नभएका आप्रवासी छन्। अन्य १७० जनालाई तोडफोडका कारण गिरफ्तार गरिएको ट्रम्प प्रशासनले जनाएको छ।

advertisement

प्रहरी अधिकारीको ज्यान लिने प्रयास गरिएको आरोपमा पनि गिरफ्तार गरिएको छ। दुई भिन्न घटनामा प्रहरी अधिकारीमाथि विस्फोटक ककटेल प्रहार गरिएको आरोपमा पनि दुई जनालाई गिरफ्तार गरिएको हो।

प्रदर्शनपछिको वातावरणलाई नियन्त्रणमा लिन ४ हजार राष्ट्रिय सुरक्षा गार्ड र ४ सय समुद्री सेना तैनाथ गरिएको छ । लस एन्जलसकी मेयर कारेन बासले राष्ट्रपति डोनाल्ड ट्रम्पका कारण स्थिति असहज बनेको बताएकी छिन्। उनले शान्त रहेको सहरमा शुक्रबार आप्रवासी धरपकड सुरु गरेर अशान्त बनाएको आरोप लगाएकी हुन्।

बासले मंगलबार शहरमा व्यापार नै प्रभावित भएका कारण कर्फ्यु घोषणा गरेकी थिइन्। प्रहरी प्रमुख जिम म्याक डोनाल्डले केही स्थानमा असामान्य अवस्था आइसकेको बताएका थिए। अमेरिकी महान्यायाधिवक्ता पाम वियोन्डीले ह्वाइट हाउसमा बोल्दै यस असहज अवस्थालाई हटाउन कर्फ्युले धेरै सहयोग गरेको बताए।

राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा गार्ड तथा समुद्री सेना तैनाथ गर्ने निर्णयलाई गेभिन न्युसमले प्रजातन्त्र माथिको प्रहार भनेका छन्।

प्रकाशित मिति: २९ जेष्ठ २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com