काठमाडौं । एएफसी एसियन कप छनोट खेलेर नेपाली टिम स्वदेश फर्किएको छ।

लाओससँग प्रतिस्पर्धा गरेको नेपाली टिम गएराति काठमाडौं आइपुगेको हो। जारी छनोटमा अंकको खाता खोल्ने लक्ष्यसहित गएको नेपाल असफल भयो।

advertisement

लाओससँग नेपाल दुई–एक गोलले पराजित भएको थियो। अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपालले लाओससँग पहिलो पटक हार बेहोरेको हो। छनोट चरणमा नेपाल अझै जीतविहीन छ।

पहिलो खेलमा किरण चेम्जोङको टिम मलेसियासँग दुइ शुन्य गोलले पराजित भएको थियो।

लाओससँग प्रतिस्पर्धा गर्नुअघि नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेलेको थियो। बलियो हङकङलाई गोलरहित बराबरीमा रोकेपछि लाओससँग अंक लिने अनुमान गरिएको थियो। तर हार टार्न सकेन।

प्रकाशित मिति: २९ जेष्ठ २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com