काठमाडौं । अत्यधिक गर्मीले विद्यार्थीलाई पठनपाठनमा समस्या हुन थालेपछि रौतहटको गौर नगरपालिकाले नगरपालिका मातहतका सबै विद्यालयहरुलाई बिहानी सत्रमा कक्षा सञ्चलान गर्न निर्देशन दिएको छ ।

गौर नगरपालिकाले बुधबार एक सूचना प्रकाशित गर्दै आज बिहीबारदेखि लागू हुने गरी सामुदायिक र निजी विद्यालयहरुलाई बिहानी सत्रमा कक्षा सञ्चालन गर्न निर्देशन दिएको हो ।

advertisement

केही दिनदेखि गौर लगायत आसपासका क्षेत्रमा अत्यधिक गर्मीसँगै दिउँसोको समयमा तातो हावासमेत चलिरहेका कारण दिउँसोको समयमा कक्षा सञ्चालन गर्दा विद्यार्थीहरुको स्वास्थ्यमा प्रतिकूल असर परिरहेकाले त्यसलाई मध्यनजर गर्दै बिहान ६ बजेदेखि कक्षा सञ्चालन गर्न विद्यालयहरुलाई निर्देशन दिइएको नगरपालिकाका शिक्षा शाखा प्रमुख उत्तमकुमार उपाध्यायले बताए ।

केही दिनदेखि बढेको अत्यधिक गर्मीका कारण सामुदायिक तथा संस्थागत विद्यालयका बालबालिका मुर्छित हुने, गर्मी खप्न नसक्ने लगायतका कारण विद्यालय बन्द गर्न अभिभावक लगायत सरोकारवालाले अनुरोध गरे पछि नगरपालिकाले वैकल्पिक बाटो रोजेको हो ।

प्रकाशित मिति: २९ जेष्ठ २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com