काठमाडौं । धनकुटामा लम्पी स्किन रोग पुनः देखिएको छ । दुई वर्षअघि देशभर गाईभैंसीमा महामारी कै रुपमा फैलिएको रोग फेरि धनकुटामा देखिएको हो ।
भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनकुटाका अनुसार धनकुटा नगरपालिका वडा नं. ६ र १० का दुई स्थानमा लम्पी स्किन देखिएको हो । केही दिनअघि मात्रै धनकुटा नगरपालिका ६ स्थित पात्लेखोलाका डिल्लीराम राईको गाई र नगरपालिका १० का दुर्गा अधिकारीको गाईमा लम्पी स्किन देखा परेको हो ।
दुवै स्थानमा सो रोग देखा परेसँगै भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनकुटाले थप सङ्क्रमण हन नदिनका लागि खोप लगाएको जनाएको छ । डिल्लीराम राईले गाई बिरामी भएर पशु स्वास्थ्यकर्मीलाई खबर गर्दा लम्पी स्किन देखिएको र खोप लगाइसकिएको बताए ।
खोप नलगाइएका गाइभैंसीमा रोग देखिने गरेको प्रारम्भिक अध्ययनमा दखिएको छ । अहिले पनि धनकुटामा लम्पी स्किन रोगको सङ्क्रमण फैलिने देखेर कार्यालयले बेलैमा भाइजर खोप ल्याएको छ । केन्द्रले अहिले धनकुटामा झण्डै १० हजार भाइजर ल्याएको पशु विकास अधिकृत तथा सूचना अधिकारी दिनेश कार्कीले बताए ।
नेपालमा पहिलो पटक २०७७ असारमा लम्पी स्किन देखिएको थियो । धनकुटामा दुई वर्ष अघि १५ हजार ४०६ वटा पशुमा लम्पी स्किन देखिएको पशु सेवा विज्ञ केन्द्रले जनाएको छ । गतवर्ष झै यस वर्ष पनि पशुहरुलाई भाइजर खोप नलगाइए भने फेरि माहामारी कै रुप लिन सक्ने आशङ्का गरिएको छ ।
लम्पि स्किन रोग लाग्दा रोगी पशुहरुमा ज्वरो आउने, अरुचि हुने र झोक्राउने जस्ता लक्षणहरु देखिन्छन् । त्यसको दुई–तीन दिनमा पशुको शरीरभरी गिर्खा र गाँठाहरू देखिन सुरु गर्छ ।
प्रकाशित मिति: २९ जेष्ठ २०८२, बिहिबार












प्रतिक्रिया