काठमाडौं ।  दाङको बबई गाउँपालिकाका अध्यक्ष कुलबहादुर खत्री क्षत्रीमाथि कार्यकक्षमै एक युवकले आक्रमणको प्रयास गरेका छन्। बबई गाउँपालिका वडा नं। ७ चरकमटियाका सुरेश हमालले अध्यक्षको कार्यकक्षमा प्रवेश गरी एकाएक हेलमेट प्रहार गरेका थिए।

घटनाको समयमा अध्यक्ष खत्री कार्यकक्षमै बसिरहेका थिए। अध्यक्ष खत्रीले बताएअनुसार, योजना माग्न गाउँपालिकामा आएका पूर्णबहादुर मास्की र कार्यपालिका सदस्य नारायण परियारले आक्रमणकारीलाई धकेल्दै आफूलाई जोगाएका थिए।

advertisement

आक्रमणबाट मास्कीको कोखामा चोट लाग्नुका साथै चश्मा समेत फुटेको जनाइएको छ। आक्रमणपछि सुरक्षाको लागि कार्यपालिका सदस्य परियार, मास्की लगायतले हमाललाई नियन्त्रणमा लिई कार्यकक्षबाट बाहिर पठाएका थिए। अध्यक्ष खत्रीले हमालले कार्यकक्षमा तोडफोड पनि गरेको र एउटा दराजसमेत फुटेको जानकारी दिए।

 

प्रकाशित मिति: २९ जेष्ठ २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com