मुस्ताङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले घरपझोङ गाउँपालिका–४, भ्रप्सोस्थित पेरिस डाँडामा निर्माण हुन लागिएको पार्टी कार्यालय भवनको शिलान्यास गरेका छन्।
शिलान्यास कार्यक्रम बौद्ध परम्परा अनुसार सम्पन्न भएको हो। पार्टीका जिल्ला समन्वय समिति इञ्चार्ज धीरेन्द्र विकका अनुसार उक्त कार्यालय भवनका लागि वारागुङ मुक्तिक्षेत्र–२, छ्ङ्गुरका ढच्युङ गुरुङले जग्गा दान गरेका हुन्। निर्माण हुन लागेको भवनमा कुल छ कोठा रहनेछ।
शिलान्यास कार्यक्रममा अध्यक्ष दाहालले पार्टीको संगठन सुदृढ गर्दै मुस्ताङ क्षेत्रको समग्र विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे। साथै, जनताको हितलाई प्राथमिकतामा राखी कार्य गर्न स्थानीय नेता तथा कार्यकर्तालाई निर्देशन दिएका थिए।
उनले पार्टीको कार्यालय स्थापनासँगै स्थानीयस्तरमा जनतामाझ पार्टीको उपस्थिति अझ मजबुत बनाउने र विकासप्रतिको जनचाहना पुरा गर्न योगदान पुग्ने बताए।
प्रकाशित मिति: २९ जेष्ठ २०८२, बिहिबार













प्रतिक्रिया