एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मस्कको माफी स्वीकार गरेका छन्। ह्वाइट हाउसका प्रेस सचिव क्यारोलिन लेभिटले बुधबार प्रेसलाई भने, ‘राष्ट्रपतिले मस्कको पोस्टको प्रशंसा गरे। हामी अब अमेरिकाका जनतालाई ध्यान दिइरहेका छौं।’

मस्कको सरकारी सम्झौताको समीक्षाको बारेमा सोध्दा प्रेस सचिवले त्यस दिशामा अहिलेसम्म कुनै कदम नचालिएको बताए।

advertisement

सीएनएनका अनुसार मस्कले जुन ९ को राति ट्रम्पसँग फोनमा कुरा गरेका थिए। यसअघि जुन ६ मा उपराष्ट्रपति जेडी भान्स र ह्वाइट हाउसका चिफ अफ स्टाफ सुसी विल्सले मस्कसँग फोनमा कुरा गरेका थिए।

यस कुराकानीमा भान्सले मस्कसँगको विवाद अन्त्य गर्न पहल गरेका थिए।

प्रकाशित मिति: २९ जेष्ठ २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com