नयाँ दिल्ली । एयर इण्डियाको बोइङ ७८७ ड्रीमलाइनर विमान अहमदाबादको सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेको केहीबेरमै दुर्घटनाग्रस्त भएको छ।

लण्डन जाँदै गरेको यो विमान शहरको मेघानी क्षेत्रमा खसेको थियो। दुर्घटनापछि कालो धुवाँको ठूलो मुस्लो देखिएको छ र तत्काल उद्धार कार्य भईरहेको टाइम्स अफ ईन्डियाले जनाएको छ।

advertisement

प्रारम्भिक जानकारी अनुसार, यो चौडा आकारको बोइङ ७८७ ड्रीमलाइनर विमानमा झण्डै ३०० यात्रु अट्ने क्षमता थियो र दुर्घटनाको समयमा करिब २९० जना सवार थिए।
अन्तर्राष्ट्रिय लामो दूरीको उडानका लागि विमानमा प्रशस्त इन्धन भरिएको थियो, जसका कारण दुर्घटनापछि ठूलो विस्फोट र आगलागी भएको छ।

दुर्घटनास्थलमा धेरै वटा दमकल र एम्बुलेन्स पठाइएको छ, उद्धार कार्य तीव्र गतिमा जारी छ।हालसम्म मृतक वा घाइतेको आधिकारिक पुष्टि भएको छैन।

दुर्घटनाको कारणबारे अहिलेसम्म कुनै आधिकारिक जानकारी सार्वजनिक गरिएको छैन। तर, लामो दूरीको उडानका लागि इन्धन धेरै भएकाले दुर्घटनापछि आगो झनै विकराल भएको र उद्धार कार्य जटिल बनेको बताइएको छ ।

घटनापछि केन्द्रीय गृहमन्त्री अमित शाहले गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेल, गृहमन्त्री हर्ष सङ्घवी र अहमदाबाद प्रहरी आयुक्तसँग कुराकानी गरेका छन्।
उनले दुर्घटनाको छानबिन र राहत कार्यमा केन्द्र सरकारले राज्यलाई आवश्यक सबै सहयोग गर्ने आश्वासन दिएका छन्।

प्रकाशित मिति: २९ जेष्ठ २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com