काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले आगामी २०८४ को निर्वाचन राजनीतिक उथलपुथलको हुने दाबी गरेका छन्। बिहीबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा उनले नेपाली राजनीतिमा मुख्य तीन दल कांग्रेस, एमाले र माओवादीबीचको खिचातानी झन् गहिरिँदै जाने बताएका हुन्।
‘आगामी वर्ष उथलपुथलको वर्ष हुनेछ,’ भट्टराईले भने, ‘पुराना दलहरू आ–आफ्ना खुट्टा तानातानमा छन्। पोल खोल्ने क्रम चलिरहेकै छ, त्यो अझै बढ्नेछ। यी मुख्य तीन दलका नेताहरूका कार्यशैली र स्वार्थ अझ नाङ्गिनेछ।’
उनको विश्वास छ कि यस्ता अवस्थाले वैकल्पिक राजनीतिक शक्तिहरूबीच ध्रुवीकरणको प्रक्रिया तीव्र बन्दै जानेछ। ‘यस अर्थमा नयाँ र वृहत् वैकल्पिक शक्तिहरूको उभार आगामी दिनमा स्पष्ट रुपमा देखिन थाल्छ,’ उनले जोड दिए।
प्रकाशित मिति: २९ जेष्ठ २०८२, बिहिबार












प्रतिक्रिया