काठमाडाैं । संसदकाे बिषयमा विपक्षी दलहरूको बैठक बस्दैछ। भिजिट भिसा प्रकरणमा विपक्षी दलहरूबीच समान धारणा बनाउन नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा विपक्षी दलहरू छलफलमा जुट्न लागेका हुन्।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मुस्ताङबाट काठमाडौं फर्किएपछि बैठक बस्ने तय भएको पार्टीका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।

advertisement

‘ अध्यक्ष फर्किसक्नुभएको छ। साझा धारणा बनाउन विपक्षी दलहरूबीच बैठक बस्छौं,’ उनले बताए।

विपक्षी दलहरूबीचको छलफलपछि आजै माओवादी केन्द्रले सत्तापक्ष दलहरूसँग छलफल गर्ने तयारी रहेको पनि प्रमुख सचेतक पाण्डेले बताएका हुन।

‘सम्भव भयो भने सत्तापक्षसँग पनि छलफल गर्छौं,’ उनले भने। प्रतिनिधि सभा बैठक आज दिउँसो ३ बजेका लागि तय गरिएको छ।

भिजिट भिसा प्रकरणलाई लिएर विपक्षी दलहरूले जेठ १३ गतेदेखि निरन्तर संसद अवरूद्ध गर्दै आएका छन्।

प्रकाशित मिति: २९ जेष्ठ २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com