काठमाडौं । एयर इन्डियाको दुर्घटनाग्रस्त विमानमा गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणी पनि सवार रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
सन् २०१६ देखि २०२१ सम्म भारतीय जनता पार्टी (भाजपा)का तर्फबाट गुजरातको मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका रुपाणी उक्त विमानमा यात्रा गरिरहेका थिए।
अहमदाबादबाट लन्डनका लागि उडेको एयर इन्डियाको फ्लाइट नम्बर एआई१७१ उडान भरेको केही समयमै दुर्घटनामा परेको हो। विमान अहमदाबादको मेघानी नगर क्षेत्रमै दुर्घटनाग्रस्त भएको पुष्टि गरिएको छ।
विमानमा चालक दलका सदस्यसहित कुल २४२ जना सवार थिए। घटनाबारे थप विवरण सार्वजनिक हुँदै गएको छ भने उद्धार तथा राहत कार्य जारी रहेको जनाइएको छ।
प्रकाशित मिति: २९ जेष्ठ २०८२, बिहिबार













प्रतिक्रिया