काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सदनको अवरोध खुलाउने विषयमा विपक्षी दलमा ‘मिलाउने’ आश्वासन दिएका छन् । बिहीबार सभामुख देवराज घिमिरेसँगको भेटमा प्रण्डले आजै निष्कर्षमा पुग्ने बताएको सभामुखको सचिवालयले जनाएको छ ।

“रास्वपासँग भाषाको कुरा मिलाउँछौँ । सत्तापक्षसँग पनि आजै बस्छौँ, आजै निष्कर्षमा पुग्छौँ । म गम्भीर छु,” प्रचण्डको भनाइ उद्धृत गर्दै सभामुखको सचिवालयका शेखर अधिकारीले भने ।

advertisement

सभामुखले प्रचण्डलाई सदन खुलाउन नेतृत्व गरिदिन आग्रह गरेका थिए । “बजेटको सेड्युअल प्रभावित भएको छ । राष्ट्रियसभामा पठाउन समयको चाप बढ्यो । सदन खुलाउन नेतृत्व लिइदिनुस्,” सभामुखले प्रचण्डलाई भनेका थिए ।

प्रकाशित मिति: २९ जेष्ठ २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com