एजेन्सी । भारतको गुजरातस्थित अहमदाबादमा भएको एयर इन्डियाको विमान, विमानस्थल नजिकै रहेको सिभिल अस्पतालका डाक्टरहरू बस्ने आवासीय भवनमा ठोक्किएको भारतीय संचारमाध्यले जनाएका छन्।

विमान भवनमा ठोक्किँदा त्यहाँ रहेका कम्तिमा १५ जना डाक्टर घाइते भएका छन्। लन्डनका लागि उडेको सो विमानमा गुजरातका पूर्व मुख्यमन्त्री विजय रूपाणीसहित २४२ जना यात्रु सवार थिए।

advertisement

विमानको भग्नावशेषबाट अहिलेसम्म ८० जनाको शव निकालिएको छ। एयर इन्डियाको फ्लाइट नम्बर एआई १७१ ले स्थानीय समयअनुसार दिउँसो १:३८ बजे उडान भरेको थियो र त्यसको दुई मिनेटमै दुर्घटनाग्रस्त भएको थियो।

प्रकाशित मिति: २९ जेष्ठ २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com