काठमाडौं । काठमाडौंको तीनकुनेमा गत चैत १५ गते भएको घटनाका प्रतिवादी दूर्गा प्रसाईलाई क्यान्सर अस्पतालमा उपचार गर्ने व्यवस्थासहित थुनामै राख्ने आदेश आएको छ।

जिल्ला न्यायाधीश ध्रुवराज कार्कीको इजलासले यस्तो आदेश दिएको हो। राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र संगठित अपराधको कसुरका प्रतिवादीहरूलाई राति अबेरसम्म अदालतमै राखेर सो आदेश दिएको हो।

advertisement

यो आदेशपछि दूर्गा प्रसाई पुर्पपक्षका लागि थुनामा गएका छन्। बिहीबार राति साढे ११ बजेसम्म आदेश नआएपछि प्रसाईका समर्थकहरूले प्रधानमन्त्री केपी ओलीविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका थिए। अदालत परिसरमा उपस्थित प्रहरी प्रशासनले माइकमार्फत संयमित रहन आग्रह गरेको थियो।

२० जेठदेखि निरन्तर थुनछेक बहस भइरहेको बहस बिहीबार सकिएको थियो। तीनकुने घटनाका विषयमा ११ जेठमा सरकारी वकिल कार्यालयले ६१ जनाविरुद्ध मुद्दा दायर भएको थियो। प्रतिवादीमध्ये ३९ जना हिरासतमा छन्। ११ जनालाई आपराधिक उपद्रवको मात्रै मुद्दा लगाइएकोमा उनीहरू धरौटी बुझाएर रिहा भइसकेका छन्।

प्रकाशित मिति: ३० जेष्ठ २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com