काठमाडौं । नेपालले वेस्ट इन्डिजसँग ऐतिहासिक टी–२० अन्तर्राष्ट्रिय सिरिज खेल्ने भएको छ ।

नेपाल र वेस्ट इन्डिजबीचको ऐतिहासिक टि–२० अन्तर्राष्ट्रिय सिरिज आगामी सेप्टेम्बरमा हुने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । नेपालले दुई पटकको टी–२० विश्वकप च्याम्पियन वेस्ट इन्डिजसँग टी–२० सिरिज खेल्न लागेको यो पहिलो पटक हो ।

advertisement

खेल सेप्टेम्बर २७, २८ र ३० तारिखमा यूएईको शारजाह क्रिकेट स्टेडियममा हुने भएपनि आयोजक भने नेपाल नै रहेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान निर्माणाधीन अवस्थामा रहेकाले खेल शारजाहमा हुन लागेको हो । यसअघि गत वर्ष वेस्ट इन्डिजको ए टोली नेपालमै आएर टी–२० सिरिज खेलेको थियो ।

 

प्रकाशित मिति: ३० जेष्ठ २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com