काठमाडौं । उपभोक्ता अदालतले चाबहिलको ओम अस्पताललाई ५० लाख ७० हजार रुपैयाँ क्षतिपूर्ति तिराउने आदेश गरेको छ ।

उपभोक्ता अदालतका अध्यक्ष रामप्रसाद शर्मा, सदस्यहरु गेहेन्द्रराज रेग्मी र आनन्दराज पोखरेलको इजलासले उपचारमा भएको लापरवाहीको मुद्दामा डाक्टरहरुलाई ६ लाख १० हजार रुपैयाँ तिराउन आदेश गरेको हो ।

advertisement

उपभोक्ता अदालतले लापरवाहीबाट भएको कुल क्षतिको ८० प्रतिशत अस्पतालबाट अनि २० प्रतिशत चिकित्सकबाट तिराउनुपर्ने आदेश गरेको अदालतका स्रेस्तेदार शोभाकर खरेलले बताए ।

बाबुको उपचारमा लापरवाही भएको भन्दै बसन्त गौतमले ओम अस्पताल विरुद्ध मुद्दा दायर गरेका थिए ।

बाथरुममा लडेका बाबुको अस्पतालमा उपचार गर्दा कुनै स्वास्थ्यपरीक्षण पनि नगरी दुःखाइ घटाउने इन्जेक्सन दिएको र त्यसैका कारण बाबुको मृत्यु भएको भन्दै गौतमले ५ करोड क्षतिपूर्ति दाबी गरेका थिए ।

 

प्रकाशित मिति: ३० जेष्ठ २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com