काठमाडौं । बिहीबार साँझ रूकुमपश्चिमको त्रिवेणी गाउँपालिका–२ सिम्रुतु बजार नजिकैको घुम्तीमा मिनीट्रक दुर्घटना हुँदा गम्भीर घाइते भएका चालकको मृत्यु भएको छ ।

उपचारका क्रममा दाङको घोराही उपमहानगरपालिका–१० स्थायी घर भएका ४५ वर्षीय भुपेन्द्र महतको मृत्यु भएको हो । सोही स्थानका ३४ वर्षीय सहचालक सुन्दरकुमार बुढाको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिए ।

advertisement

उनका अनुसार रा १ क १४१२ नम्बरको रारा प्रोसेसिङ कम्पनी प्रालि घोराही दाङबाट सञ्चालित मिनीट्रक दाङबाट रूकुमपश्चिम खलङ्गातर्फ पानीको जार लिएर आउँदै गरेको अवस्थामा दुर्घटना परेको थियो ।

ट्रकको ब्रेक फेल भएर माथिल्लो घुम्तीबाट करिब दुई सय मिटर तल खसेर रूखमा अड्किएको अवस्थामा फेलापरेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति: ३० जेष्ठ २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com