काठमाडौं । उच्च अदालत वीरगञ्जका न्यायाधीशमाथि भएको दुर्व्यवहारलाई लिएर निजामती कर्मचारी सम्वद्ध ट्रेड युनियनहरूले आपत्ति जनाएका छन् ।

हिजो उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जका न्यायाधीश डा. खुशीप्रसाद थारूमाथि नेकपा बहुमतका कार्यकर्ताले मोसो छ्यापेर दुर्व्यवहार गरेका थिए ।

advertisement

नेपाल निजामती कर्मचारी संगठन र युनियन विभागीय समितिले संयुक्त विज्ञप्ति निकालेर घटनामा संलग्नलाई कानूनको दायरामा ल्याई हदैसम्मको कारबाहीको माग गरेका छन् ।

‘न्यायाधीशले गरेको फैसला चित्त नबुझे माथिल्लो तहबाट परीक्षण हुने संवैधानिक एवम् कानूनी हक हुने व्यवस्था हुँदाहुँदै गैर कानूनी चरित्र एवम् कालोमोसो जस्तो अमर्यादित व्यवहार प्रदर्शन गर्नु दुर्भाग्यपूर्ण र अशोभनीय हो’, विज्ञप्तिमा भनिएको छ ।

श्रीप्रसाद पौडेल र जोदासिंह कठायतको संयुक्त हस्ताक्षरमा जारी विज्ञप्तिमा यस्ता क्रियाकलाप नदोहोरिन खबरदारीसहित भयरहितरूपमा न्याय सम्पादनको वातावरणका लागि आग्रह गरेका छन् ।

प्रकाशित मिति: ३० जेष्ठ २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com