इटहरी। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अवरुद्ध रहेको संघीय संसद् आजैदेखि सञ्चालनमा आउने निश्चित भएको बताएका छन्। सुनसरीको इटहरीमा शुक्रबार आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रमुख राजनीतिक दलहरूबीच संसद् सञ्चालनबारे सहमति भइसकेको जानकारी दिए।

“केहीबेरमै संसद् खुल्छ,” उनले भने, “म संसद् खुल्न लागेको कारणबारे छिट्टै भिडियो सन्देशमार्फत जानकारी दिनेछु।”

advertisement

महामन्त्री थापा इटहरीमा सम्पन्न तामाङ घेदुङको कोशी प्रदेश अधिवेशनमा सहभागी हुन आएका थिए। सो अवसरमा नेपाली कांग्रेस क्षेत्र नम्बर २ ‘क’ द्वारा आयोजित संगठनात्मक संवाद कार्यक्रममा बोल्दै उनले संसद् अब नियमित रूपमा सञ्चालनमा आउने विश्वास व्यक्त गरे।

उनले राजनीतिक संवादमार्फत मुलुकको अस्थिरता अन्त्य गर्ने दिशामा सकारात्मक संकेत देखिएको उल्लेख गरे। लोकतान्त्रिक मूल्य, विधि र जनताको अपेक्षाअनुसार कांग्रेस अघि बढिरहेको थापाको भनाइ थियो।

“अब संसद्ले गति लिनेछ, यसमार्फत जनताका सरोकारका विषयहरू उठ्नेछन्,” उनले स्पष्ट पारे।

प्रकाशित मिति: ३० जेष्ठ २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com