काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपालका विभिन्न जातजाति राष्ट्रको पहिचान भएको बताएका छन् ।

शुक्रबार ललितपुरमा दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनको उद्घाटन गर्दै सभामुख घिमिरेले राजनीतिक परिवर्तनपछि छोटो समयमा नै राष्ट्रको पहिचान जातीको रुपबाट स्थापीत गर्न सफल भएको बताएका हुन् ।

advertisement

उनले विभिन्न जातजातिका मातृभाषा संरक्षणमा चूनौति देखापरेकाले यसको संरक्षणका लागि आवश्यक नीति बनाउनुपर्ने धारणा राखे । अन्तर्राष्ट्रिय सम्मेलनबाट तयार हुने महत्वपूर्ण दस्ताबेज मातृभाषाको संरक्षण गर्दै राष्ट्रलाई बलियो बनाउने सन्दर्भमा उपयोगी हुने उनले बताए ।

सभामुख घिमरेले देशका १२४ जातजातिका साथै लोपोन्मुखको संरक्षणका लागि काम भइरहेको भन्दै यसलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।

सभामुख घिमिरेले सूचनाको हक, वाक स्वतन्त्रताको हकका साथै प्रेसलाई व्यवहारिक बनाउने सन्दर्भमा आएका कानूनलाई व्यवहारिक रुप दिनुपर्ने उल्लेख गरे ।

प्रकाशित मिति: ३० जेष्ठ २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com