काठमाडौं । संसद् अवरोध अन्त्य गर्न तीन प्रमुख राजनीतिक दलले दुई बुँदे सहमति गरेका छन्। तर, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भने सो सहमतिमा सहभागी हुन अस्वीकार गरेको छ।
नेता वर्षमान पुनका अनुसार, रास्वपालाई सहमतिमा सहभागी गराउन प्रयास गरिएको भए पनि पार्टीले सहमति जनाएन।
तीन दलबीच भएको दुई बुँदे सहमतिअनुसार,
पहिलो बुँदामा: भिजिट भिसा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिरहेको अनुसन्धानलाई सरकार तथा सम्बन्धित पक्षले आवश्यक सहयोग पुर्याउने उल्लेख गरिएको छ।
दोेस्रो बुँदामा: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन विभागमा विगतदेखि देखिँदै आएका समस्याहरूको अध्ययन तथा छानबिन गर्न नेपाल सरकारले प्रतिबद्धता जनाउने उल्लेख छ।
सो बुँदामा अध्यागमनमा देखिएका नीतिगत, संरचनागत तथा कानुनी कमजोरीहरू पहिचान गरी आवश्यक सुधार गर्न अध्ययन समिति गठन गरिने स्पष्ट गरिएको छ।
प्रकाशित मिति: ३० जेष्ठ २०८२, शुक्रबार












प्रतिक्रिया