काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख तीन दलबीच दुई बुँदे सहमति भएपछि प्रतिनिधिसभा बैठक सञ्चालन हुने बताएका छन्।

शुक्रबार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रचण्डले रास्वपासँग कुनै गहिरो मतभेद नरहेको स्पष्ट पारे। तर, रास्वपाले आफ्नै अडानमा कायम रहेकाले उनीहरू आफ्नो ढंगले अघि बढ्ने बताए।

advertisement

उनले भने, “अब सदन चल्नेछ। रास्वपासँग मूल विषयमा हाम्रो विवाद छैन। तर, केही अडानका कारण उनीहरू आफ्नो बाटो हिँड्ने भएका छन्। हामीबीच आरोप–प्रत्यारोप हुने अवस्था छैन।”

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र निष्पक्ष छानबिन समितिको माग गर्दै तीन दलबीचको सहमतिमा असहमति जनाएको छ। पार्टीले आफ्नो अडान यथावत राख्दै सहमतिबाट बाहिरिने निर्णय गरेको छ।

प्रकाशित मिति: ३० जेष्ठ २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com