काठमाडौं । प्रतिनिधिसभाको बैठक पुनः सञ्चालनमा आएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा भिजिट भिसाका नाममा व्यापक अनियमितता र सेटिङ भएको आरोप लगाउँदै प्रतिपक्षी दलहरूले जेठ १३ गतेदेखि संसद अवरुद्ध गर्दै आएका थिए। लामो समयदेखि चलिरहेको यो गतिरोध अन्त्य गर्न सत्तारूढ दल र प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) बीच दुई बुँदे सहमति भएको हो।
सो सहमतिपछि आजको बैठक सञ्चालन भएको हो। यद्यपि, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भने उक्त सहमतिमा असहमति जनाएका छन्। यी दुई दलले आफूहरूको माग सम्बोधन नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन्।
सहमति भए पनि संसद्मा पूर्ण सहकार्य जुट्न बाँकी देखिन्छ।
प्रकाशित मिति: ३० जेष्ठ २०८२, शुक्रबार












प्रतिक्रिया