काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले त्रिभुवन विमानस्थलको भिजिट भिसा प्रकरणमा तीन प्रमुख दलबीच भएको सहमतिप्रति गहिरो असन्तुष्टि व्यक्त गरेका छन्।
उनको भनाइमा, नेकपा (माओवादी केन्द्र)ले गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति गठनको मागबाट पछि हटेर आफ्नै उपाध्यक्ष अग्नि सापकोटालाई जोगाएको छ।
शाहीले सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन्, “बधाई छ कमरेड प्रचण्ड उर्फ माओवादी मित्रहरू, गृहमन्त्रीको राजीनामा र छानबिन समिति गठनको मुद्दाबाट पछि हटेर पूर्वसभामुख अग्नि सापकोटालाई हत्या अभियोगमा पक्राउ हुनबाट जोगाउन सफल भएकोमा!”
सांसद शाहीले संसद् जनताको हितमा कानुन निर्माण हुने थलो हुनुपर्नेमा अहिलेको अवस्थामा त्यो ‘सेटिङको अखडा’ मात्र बनेको विडम्बनापूर्ण टिप्पणी पनि गरेका छन्।
उनको आरोपअनुसार, माओवादी केन्द्र सत्ता स्थायित्वका नाममा गम्भीर भ्रष्टाचारको मुद्दामा आँखामा पट्टी बाँधेर आफ्ना नेताहरूलाई सुरक्षित पार्न सक्रिय भएको छ।

प्रकाशित मिति: ३० जेष्ठ २०८२, शुक्रबार












प्रतिक्रिया