काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले भिजिट भिसा प्रकरणमा माओवादी केन्द्रले अग्नि सापकोटालाई साटेको आरोप लगाएका छन्।

शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै शाहीले गृहमन्त्रीको राजीनामा र छानबिन समिति बनाउने मुद्दाबाट पछाडि हटेर अग्नि सापकोटालाई  पक्राउ गर्नबाट बचाएको बताएका छन्।

advertisement

उनले लेखेका छन्, ‘ल बधाई छ कमरेड प्रचण्ड उर्फ माओवादी साथीहरू भिजिट भिसा प्रकरणमा गृहमन्त्री ज्युको राजीनामा र छानबिन समिति बनाउने मुद्दाबाट पछाडि हटेबापत ज्यान मार्ने व्यक्ति हत्या गर्ने प्रकरणमा पूर्व सभामुख अग्नि सापकोटालाई  पक्राउ गर्न बचाएकोमा…… विडम्बनाका साथ भन्नुपर्छ  संसद जनताको कानुन बनाउने थलो नभएर सेटिङ गर्ने थलो भयो।’

प्रकाशित मिति: ३० जेष्ठ २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com