काठमाडौं । गृहमन्त्री रमेश लेखकले शुक्रबार प्रतिनिधिसभामा भिजिट भिसा प्रकरणबारे स्पष्टिकरण दिने क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले नाराबाजी गर्दै सभामुखको आसन (बेल) घेराउ गरेका छन्। रास्वपाले यो प्रकरणमा निष्पक्ष छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै लगातार सदन अवरुद्ध गर्दै आएको छ। राप्रपाले उक्त मागमा समर्थन जनाए पनि यसपटकको बेल घेराउमा भने सहभागी भएन।

रास्वपाको विरोध र नाराबाजीबीच गृहमन्त्री लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो धारणा राख्दै आफू कुनै पनि प्रकारको अनियमिततामा संलग्न नरहेको प्रष्ट पारे। उनले विरोध जनाइरहेका सांसदहरूकै पार्टीका नेताहरू मन्त्रालयमा रहेकै बेला कति नागरिकहरू भिजिट भिसाको नाममा विदेश गएका थिए भन्ने प्रश्न उठाउँदै त्यसको पनि छानबिन गर्ने हिम्मत छ कि भनेर प्रतिप्रश्न गरे।

advertisement

“आज मलाई निशाना बनाइँदैछ,” उनले भने, “तर विगतमा मन्त्री भएका तपाईंहरूको पालामा के–कति भए त्यसको पनि निष्पक्ष छानबिन हुनुपर्छ।”

संसदमा चर्किएको विरोधकाबीच गृहमन्त्री लेखकले सबैलाई संयमित र तथ्यमा आधारित ढंगबाट अगाडि बढ्न आग्रह गरेका थिए।

प्रकाशित मिति: ३० जेष्ठ २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com